धनगढी उपमहानगरपालिकाद्धारा आचार्य दमाईलाई सम्मान

धनगढी। धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले । एक कार्यक्रम आयोजना गरी आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गर्नु भएको हो । आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल, कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन्।
कार्यक्रमका बिच आचार्यलाई उपमहानगरले जागीर दिने प्रमुख हमालले बताउनुभयो । दमाइले जागीर पाए जीवनयापन गर्न सहज हुने अपेक्षा राख्नुभएकाले नगर प्रमुखले काम दिने बताउनुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । धनगढी उपमहानगरपालिकाले स्थानीय सरकार मध्ये सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने उहाँको भनाई छ ।

Leave A Reply

Your email address will not be published.