धनगढीमा विज्ञानको विकास, विचार र क्षेत्रीय समस्या विषयक वौद्धिक अन्तिरक्रिया सम्पन्न

धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा विज्ञानको विकास, विचार र क्षेत्रीय समस्या विषयक वौद्धिक अन्तिरक्रिया सम्पन्न भएको छ ।
धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा सुदुरपश्चिम विश्वविद्यलयका रजिष्ट्रार यज्ञराज पाठक, क्याम्पस प्राध्यापक संघ सुदुरपश्चिम विश्वविद्यालयका सभापति एवं अर्थशास्त्री प्रा.डा.राजेन्द्रबीर चन्द, नास्ट कलेजका प्रमुख प्रा.डा. शिवहरी शर्मा मुडभरी र विभिन्न क्याम्पसका प्रमुख, प्राध्यपकहरु,राजनितिज्ञ, विद्यार्धी नेता र विधर्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द (विप्लव) द्वारा लिखित विज्ञानमा आएको उछाल र विज्ञानसम्मत अर्थ राजनिति, नेता भरत सीद्वारा लिखित विचारधाराको अन्त्य र विकासमा नेपाल, र नेता रंगनाथ ढकालद्वारा लिखित क्षेत्रिय असमानताको समस्या र समाधान अवधारणपत्र माथि गहन छलफल गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले सुदुरपश्चिम प्रदेश केन्द्रिय सत्ताबाट उत्पिडित हुँदै आएकाले विज्ञानसम्मत विकासका लगि नयाँ ढंगबाट छलफल र वहस हुन जरुरी रहेको औँल्याएका छन ।
विज्ञान र दर्शनलाई जोडेर आधुनिक विकासको प्रयास गर्नका निमित्त वौद्धिक तप्काबाट सघन रुपमा अन्तरसंवाद र लगानी गर्न जरुरी रहेको उहाँहरुको भनाई छ ।
उक्त अन्तरक्रियात्मक वौद्धिक वहस नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ला ईन्चार्ज प्रकाश सीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.