धनगढी । “विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्याका साथ कैलाली बहुमुखी क्याम्पसमा पनि बाह्रौँ राष्ट्रिय विज्ञान दिवस मनाईएको छ ।
दिवसका अवसरमा यस क्याम्पसमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थी र प्राध्यपकहरुको उपस्थितिमा विभिन्न प्रस्तुती र विज्ञान तथा प्रविधिका विभिन्न आयामबारे छलफल र अन्तरक्रिया गरिएको हो । राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ ।
देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाइन्छ ।
देशमा हरेक खाद्यवस्तु आयात गर्नुपर्ने परिस्थिति रहेको परिपेक्ष्यमा उत्पादनका क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य रहेको र विकासका गतिविधिलाई दिगो बनाउन आजको नारा सान्दर्भिक रहेकोकैलाली बुमुखी क्याम्पसका विज्ञान संकायका विभागीय प्रमुख प्रेमराज जोशीले बताउनुभयो । विज्ञान संकायका विद्यार्थीहरुमा व्यवहारकि ज्ञान निर्माणका लागि अनुसन्धानमुखी क्रियाकलापहरुमा आफुहरुले जोड दिईरहेको उहाँको भनाई छ ।
त्यसैगरी क्याम्पसमा अनुसन्धान गर्नको लागि अत्याधुनिक ल्याब र लगानीको टड्कारो आवश्यकता रेको पनि उहाँले बताउनुभएको छ ।
स्ववियु सभापति यमराज जोशीले क्याम्पसमा विज्ञान संकायका विद्यार्थीहरुले पनि नयाँ अवधारणमा आधारित कार्यक्रमहरुको थालनी गर्न आग्रह गर्नुभयो ।
त्यस्तै प्राध्यपक संघका सभापति सहप्राध्यापक डा.शिव प्रसाद सापकोटाले विज्ञान विषयको उपयोगिता र महत्वलाई बढाउन विज्ञान, प्रविधि र व्यवस्थापनको फ्युजन गर्दै यसको वृहत्तर विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले कुनै पनि राष्ट्रको समृद्धिका लागि विज्ञानको योगदान अपरिहार्य रहेकोले व्यवहारिक अध्ययन अनुसन्धानमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रम छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी पुष्पराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको हो ।