संगम बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधरणसभा सम्पन्न

धनगढी । संगम बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

आज धनगढीमा एक औपचारिक कार्यक्रम का विच संगम सहकारीको वार्षिक साधारणसभा भएको हो। उक्त सहकारी संस्थाकी जेष्ठ सदस्य (उपभोक्ता) माया कार्की को प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा भएको हो ।वि.स २०६९सालमा स्थापना भएको यस सहकारी संस्थामा हाल ४७ करोड ४३ लाख ५६ हजार कुल सम्पति संस्थामा रहेको छ । २०८०÷०८१ को शेयर पुुजी ३७ करोड ३८लाख ५९हजार ९ सय ५रुपया ८० पैसा पुुगेको संस्थाका अध्यक्ष मनमोहन विष्टको प्रतिवेदन मा उल्लेख गरीएको छ ।

यस संस्थाले आ.व २०८१÷०८२ मा बचत नीति अझै प्रभाकारी बनाई थप बचत योजना कार्यान्वयन मा ल्याईने साधारण सभाका अध्यक्षले बताउनुुभयो। कर्मचारीको विकास तथा सदस्यहरुका लागी क्षमता अभिबृद्धि गर्ने हेतुुले विभिन्न किसिमका कार्यक्रम गराईने छ । साथै अन्य निकाय बाट हुुने तालिम, गोष्ठी, अध्ययन अवलोकन मा सहभागी गराईने , वित्तिय साक्षरता सम्बन्धित सचेतना कार्यक्रम संञ्चालन गरीने , जस्ता प्रस्थाबित कार्यक्रम तथा नितिहरु संस्थाका (अध्यक्ष) मनमोहन विष्टको प्रतिवेदन मा उल्लेख गरीएका छन । हाल यस संस्थाका शाखा हसुुलिया, मसुुरिया, अत्तरिया, मनहेरा, धनगढी क्षेत्र रहेका छन।

Leave A Reply

Your email address will not be published.