भ्रष्ट्राचारविरुद्ध दिप प्रज्वल

धनगढी।अन्तर्राष्ट्रिय भ्रष्ट्राचारविरुद्धको दिवसका अवसरमा सदाचारका लागि सामाजिक पहलले धनगढीमा दिप प्रज्वलन गरेको छ । धनगढीमा सक्रिय रहेको सदाचारका लागि सामाजिक पहलमा संलग्न युवाहरुको समुहले पार्क मोडमा सोमबार बेलुका दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन संस्थाका अध्यक्ष दिनेश पाण्डेले गरेका थिए।
भ्रष्टाचार विश्वभर सामाजिक समस्याका रुपमा रहेको अवस्थामा कैलाललीका युवाहरुको समुहले ट्रान्सपरेन्सी इन्टरनेसनलसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो । पहलले बढ्दो भष्ट्राचार र घट्दो सदाचारलाई मुलु नारा बनाइ कार्यक्रम आयोजना गरेको हो । दिप प्रज्वलन कार्यक्रममा ६०–७० जना युवाहरुको उपस्थित रहेको संस्थाका सचिव गगन घिमिरेले बताए । कार्यक्रममा
‘भ्रष्टाचारका विरुद्ध एकजुट होउ’ नारा दिइएको कार्यक्रमबाट आम नागरिकलाई भ्रष्ट्राचारविरद्ध आवाज उठाउन आव्हान गरिएको थियो ।
‘नेपाल भ्रष्टाचारको जोखिममा रहेको र त्यसका विरुद्ध युवा, विद्यार्थीहरुले आवाज उठाउनु पर्दर्छ,’ संस्थाका सल्लाहकार ऐश्वर्य क्याम्पस सहायक क्याम्पस प्रमुख रघुवीर भट्टले भने । साथै समाज परिवर्तन र सुशासनका लागि युवा, समाजसेवी, शिक्षक, विद्यार्थी लगायत सबैले हातेमालो गर्नुपर्ने समेत बताएका छन् ।
हरेक वर्ष डिसेम्बर ९ अर्थात् आजकै दिन विश्वभर भ्रष्टाचारविरुद्धको अभियान मनाइँदै आइएको छ ।

Leave A Reply

Your email address will not be published.