दलित सामाजिक मञ्च सुदूरपश्चिम प्रदेशद्वारा विभेद अन्त्यका लागि बहस कार्यक्रम हुदै

धनगढी । दलित सामाजिक मञ्च सुदूरपश्चिम प्रदेशद्वारा विभेद अन्तका लागी बहस कार्यक्रम हुने भएको छ ।
सुदूरपश्चिम घोषणापत्र जारी गर्ने गरी पौष ९ गतेका दिन बिहान नौ बजेबाट धनगढी स्थित सौराई ब्याकेटमा आयोजना हुुने भएको छ । छूवाछूत, विभेद अन्त्य, दलित सशक्तिकरण का लागी राज्यको संविधान ऐन, कानुन र संरचनाहरुमा व्यवस्था गरिएका प्रावधानहरुको प्रभावकारी क्रार्यान्वयनका लागी जनवाद सृजना गर्ने तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले दलित सामाजिक मञ्च संग समुदायका प्रमुख सवालहरुमा छलफल तथा बहस हुुने भएको आयोजक टेक विकले बताउनुभयो। उक्त महत्वपूर्ण ऐतिहासिक कार्यक्रममा सम्पुुर्ण सामाजिक व्यक्तित्वहरुलाई सहभागी हुुनका लागी सामाजिक मञ्च सुदूरपश्चिम प्रदेशले अनुरोध गरेको छ। कार्यक्रममा दलित विकास केन्द्र सामाजिक क्षेत्रमा कार्यरत सबै संघ संस्थाहरु, प्रदेश सरकारका माननिय, दलित नेता, मानव अधिकार कर्मी, त्रिभुवन विश्वविधालय, अन्य विश्वविद्यालय कानुुन लगायत अन्य संकायमा अध्ययनरत विद्यार्थीहर र दलित सामाजिक अभियान्ता लगायतका एक हजार जना सहभागी गराउने लक्ष्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.