कैलाली, धनगढीमा रहेको ‘आरम्भ इनस्टिच्युट अफ ल’ ले आफ्नो दोस्रो सिजनको कार्यक्रम ‘ल फेस्ट सिजन २ ’ को भव्य रूपमा उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रम २०८१ माघ ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले गर्नुभएको थियो । विशिष्ट अतिथि मुख्यन्यायधिव्ता ठेकेन्द्र राज जोशीले कानूनी शिक्षाको महत्वबारे चर्चा गर्दै यस किसिमका कार्यक्रमले कानूनी चेतना अभिवृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथिमा सुदूरपश्चिम प्रदेश मानव अधिकार आयोगका प्रमुख प्रकाश भट्ट, बार एसोसिएसन कैलालीका अध्यक्ष इन्द्र प्रसाद लेखक, कैलाली वहुमूखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्ट, र कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशी लगायतको थियो । त्यस्तै कैलाली, कन्चनपुर र डोटीका कानुनका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्यस्तै‘ल फेस्ट सिजन २ ’ अन्तर्गत विभिन्न प्रतियोगिताहरू र कार्यक्रमहरू समावेश गरिएको छ।
कार्यक्रम चार दिन सम्म चल्ने छ, पहिलो दिनमा उद्घाटन कार्यक्रम, कानूनी क्विज प्रतियोगिता र वादविवाद प्रशिक्षण, दोस्रो दिन सिर्जनात्मक लेखन प्रतियोगिता, कानूनी ड्राफ्टिङ प्रतियोगिता, र संसदीय वादविवाद, तेस्रो दिन मूट कोर्ट प्रतियोगिता,र अन्तिम चौथो दिन आरम्भ कानूनी अन्तरक्रिया र पुरस्कार वितरण समारोह गरी कार्यक्रको समापन गरिने यस कार्यक्रमका सभापति ओम प्रकास वस्थी ले जानकारी दिनृुभयो ।
उक्त कार्यक्रमको आयोजनाले कानूनी शिक्षा र अभ्यासलाई अघि बढाउने मात्र नभई सहभागीहरूलाई व्यावसायिक ज्ञान र क्षमताको विकासमा सहयोग गर्ने अपेक्षा राखिएको छ।