प्राध्यापकहरुका लागि संकाय क्षमता अभिबृद्धि कार्यशालाको आयोजना

धनगढी, १३ माघ
सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा अध्यापनरत प्राध्यापकहरुको क्षमता बढाउने उदेश्यले आईतबार देखि ५ दिने संकाय क्षमता अभिबृद्धी कार्यशाला कैलाली बहुमुखी क्याम्पस धनगढीमा सुरु भएको छ ।
कार्यशालामा विश्वविद्यालय अनुदान आयोगको सहयोग रहेको छ । सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसमा माघ १७ गते सम्म सञ्चालन हुने गरी कार्यशालाको आयोजना गरिएको तालिम संयोजक डाक्टर महेन्द्रराज जोशीले बताउनुुभयो। डाक्टर जोशीका अनुसार कार्यशालामा सुदूरपश्चिम बिश्वविद्यालय अन्तरगतका क्याम्पसबाट ३० जना भन्दा बढीको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम बिश्वविद्यालय विज्ञान प्रविधी संकायका डीन प्राध्यापक डाक्टर भवानी चन्द ठकुरीले ५ दिने कार्यशालाको भरपुर समुदयोग गर्न सहभागिलाई आग्रह गनुुभयो । पहिले र अहिलेको समय निकै फरक रहेको छ डीन चन्द ठकुरीले भन्नभयो ‘त्यस कारण पनि प्राध्यापकहरु पनि समय अनुसार योग्य भएर बस्नु हुनुपर्दछ ।” तालिमबाट सिकोको कुरा अरुलाई सिकाउनु पर्ने भएकाले तालिममा सहभागि भएका प्रध्यापकहरुले राम्रो संग सिक्नुपर्ने पनि चन्द ठकुरीले बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालय ब्यबस्थापन संकायका डीन प्राध्यापक डाक्टर पदमराज जोशीले पठ्यक्रम तयारगर्दा मुख्य सरोकारवालाहरु संग छलफल गरेर बजारको आवश्यकतामा आधारित बनाउनुपर्ने बताउनुुभयो। समय अनुसार पठ्यक्रम परिमार्जित गरिनुपर्ने देखिन्छ डीन जोशीले भन्नुभयो, ‘यस्ता कार्यशालाले सिकाई मात्रै नभएर नीति निर्मातालाई सुझाव समेत प्राप्त हुन्छन् ।”
सुदूरपश्चिम विश्वविद्यालय मानविकि संकायका डीन प्राध्यापक डाक्टर राजेन्द्र भट्टले कार्यशाला प्राध्यापकहरुको सक्रिया सहभागिता आवश्यक भएको बताउनुभयो । डीन भट्टले,भन्नुभयो ‘ कार्यशाला प्राध्यापकहरुको मागमा आधारित हो यसबाट बढी भन्दा बढी फाईदा लिन सहभागिलाई आग्रह गर्दछु ।” सुदूरपश्चिम बिश्वविद्यालय प्राध्यापक संघका सभापती डाक्टर राजेन्द्र बिर चन्दले कार्यशालालाई प्रध्यापकहरुले अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।
कार्यशालाको उद्घाटनसत्रमा बोल्दै कैलाली बहुमुखी क्याम्पस स्वबियू सभापती यमराज जोशीले सूचना प्रविधीको तिब्र विकास भैरहेको बर्तमान अवस्थामा प्रध्यापकहरुलाई प्रविधी मैत्री बनाउन यस्ता अभिमूखीकरण आवश्य हुने बताउनुभयो ।
कार्यशालाको सहजिकरण त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पेशल खनालले गरिराख्नु भएको छ ।

1 Comment
  1. drover sointeru says

    This website is known as a walk-through for all of the info you wished about this and didn’t know who to ask. Glimpse here, and you’ll positively discover it.

Leave A Reply

Your email address will not be published.