भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण , केएमसीका विद्यार्थीद्वरा प्रदर्सन

धनगढी ६ फागुन, भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली विद्यार्थीको मृत्यु भएको घटनाकाे कैलाली वहुमूखी क्याम्पसका विद्यार्थीले बिरोध गरेका छन् ।
आइतवार भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा बसेर पढ्दै आउनुभएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो ।
उक्त विषयलाई लिएर कैलाली वहुमूखी क्याम्पसका विद्यार्थीले आज विरोध प्रदर्शन गरेका हुन ।  विधार्थीहरुले प्रकृति लम्सालको हत्या हुन सक्ने भन्दै छानविनकाे माग गरेका छन् । दाेषिलाई कार्वाहीको लागि माग गरेका छन् ।
युवा एकता परिषद् नेपालको आयोजनामा गरिएको उक्त दबाब कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशी , युवा एकता परिषद् नेपालका अध्यक्ष रोशन सुवेदी उपाध्याय, उपाध्यक्ष खेम राज भट्टराई, सचिव धुर्वराज न्यौपाने , विभिन्न विद्यार्थी संगठनका नेता लगायत विद्यार्थीहरूको उपस्थिति थियोे  । केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीमाथी गरेको ज्यादतीको घोर भत्सना गर्दै विद्यार्थी नेतृत्वले सरकारलाई यस विषयमा शीघ्र कुटनीतिक वार्ताका लागि दवाव दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.