आदिवासी जनजाति विद्यार्थी उत्थानका लागी निःशुुल्क लोकसेवा सम्बन्धी प्रदेश स्तरीय अभिमुुखीकरण कार्यक्रम सम्पन्न

धनगढी। धनगढीमा निःशुुल्क लोकसेवा तयारी कक्षा सम्बन्धी प्रदेश स्तरीय अभिमुुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना र नेपाल आदिवासी जनजाती महासंघ को संयोजकत्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
निजामति सेवामा आदिवासी जनजातिहरुको पहुँच बृद्धिगर्ने उदेश्य अनुुरुप यस प्रतिष्ठानले नेपालको प्रदेशस्तरमा नायव सुुब्बा तहको निःशुुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने कार्ययोजना रहेको आयोजक प्रतिष्ठान केद्रका उपाध्यक्ष रेशम गुुरुङले जानकारी दिनुुभयो ।

धनगढी उपमहानगरपालिका–४,गार्डेन होमस्टे एण्ड रिसोर्ट मा भएको उक्त कार्यक्रममा बोल्दै आदिवासी जनजाती विद्यार्थी उत्थानका लागी पहिले पनि कार्यक्रम गरिएको र आर्थीक बजेटका अभावका कारणक केहि वर्ष स्थगित रहेको गुुरुङले जानकारी दिनुुभयो ।

लामो प्रयास पछि लोकसेवा तयारी कक्षा पुुनः सञ्चालनमा ल्याउन सफल भएकोमा नेपाल आदिवासी जनजाति महासङ्घ सुपका अध्यक्ष दलबहादुुर घर्तिमगरले प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुुभयो । आफ्नो पालामा लोकसेवा पढ्नका लागि दिपाएल पुग्नुुपर्ने र पैँसाको अभाबका कारण पढ्न नपाउने गरेको उहाँले बताउनुु भयो । अहिलेका विद्यार्थीहरुका लागी राम्रो अबसर भएको पनि व्यक्त गर्नु भयो ।

त्यसैगरी प्रशिक्षकका रुपमा संघिय मामिला तथा सामान्य प्रशासनका सहसचिव रुद्रसिंह तामाङ रहनुभएको थियो । उहाँले कार्यक्रममा निजामति सेवासम्बन्धि के कस्ता सेवा रहेका छन भन्ने विषयमा स्पष्ट पार्नुुभयो ।
आदिवासी जनजाती विद्यार्थीहरुका लागी चत्रै–५, गते सम्म अनलाईन फारम भर्नका लागि पनि आग्रह गरिएको छ । जसमध्यबाट छनौट गरेर ७० जनालाई निःशुुल्क कक्षा दिइने भएको छ ।

Leave A Reply

Your email address will not be published.