केएमसीमा स्ववियुको समिक्षा कार्यक्रम सम्पन्न 

धनगढी , १० चैत

स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले दुई बर्षे कार्यकालकाे समिक्षा गरेकाे छ । कार्यक्रमकाे नाम सारांशमा दुई वर्ष राखिएको थियोे । आज निर्वाचित भए यता गरेका विभिन्न कार्यक्रम सहितको वित्तचित्र, कार्यविवरण र आयव्यय प्रस्तुत कार्यक्रम गरिएको थियो।
२०७९ मा स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीको नेतृत्वको टिमले दुई वर्षभित्र कैलाली बहुमुखी क्याम्पसको विविध क्षेत्रमा गरेका कार्यविवरणहरू बारे वित्तचित्र मार्फत जानकारी दिइएको थियो।
स्ववियु कोषाध्यक्ष अम्बिका चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणमा स्वतन्त्र विद्यार्थी युनियनको खातामा जम्मा भएको रकम २३ लाख ६१ हजार मध्ये १७ लाख८२ हजार १ सय ९५ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरेकी थिइन्। अब स्ववियुको खातामा ५ लाख ७८ हजार ५ सय ८ रुपैयाँ जम्मा रहेको देखाइएको छ।
स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले दुई वर्षे कार्यकालमा शिक्षासँगै संस्कार , शिक्षासँगै सीप , शिक्षक सेवा, लोकसेवा , शिक्षक लाइसेन्स , बैंकिङ , अंग्रेजी भाषा लगायतका तयारी कक्षा सञ्चालनमा ल्याएको थियो। यस्तै गायन नृत्य लगायतका विद्यार्थीका स-साना विविध काम गर्दा लागेको खर्च विवरण प्रस्तुत गरेको थियो।
कार्यक्रममा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता, स्ववियु सभापति यमराज जोशी अध्यक्षता सँगै क्याम्पस प्रमुख तोयराज भट्ट, पूर्व स्ववियु सभापति चुनावी भट्ट, यज्ञ ढुङ्गाना, हरि रेग्मी कानुन संकायका प्राध्यापक पदमपाल , आमसंचारका टेकेन्द्र देउवा, शिवराज भट्ट , प्रयागराज भट्ट सँगै स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी , विभिन्न संगठनका विद्यार्थी नेता, र विद्यार्थीहरूको उपस्थितिमा सारांशमा दुई वर्ष कार्यक्रम समापन गरेको स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुख क्याम्पसका स्ववियु सचिव सन्तोष पन्तले बताउनुभयो।
कार्यक्रममा बोल्दै स्ववियु सभापति यमराज जोशीले आफूहरुले गरेका कार्य र खर्च विवरणमा कुनै गुनासो जिज्ञासा भए समाधान गरिने , सँगै प्रमाण समेत उपलब्ध गराइने दाबी गरेका छन्।

1 Comment
  1. drover sointeru says

    naturally like your web site however you have to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very troublesome to inform the truth however I will certainly come back again.

Leave A Reply

Your email address will not be published.