मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद कार्यक्रम मंगलबार कैलालीको धनगढीमा सम्पन्न गरिएको छ । मानव बेचबिखन सम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयन देखिएका नीतिगत समस्या पत्ता लगाउनका लागि सम्वादको आयोजना गरिएको बताईएको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रिस्ट) को आयोजनामा संवाद कार्यक्रम आयोजना गरिएको हो ।
संवाद कार्यक्रमको प्यानलमा छलफलमा प्रदेश सभा सदस्य रक्षा महरा, राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम अध्यक्ष प्रकाश दत्त भट्ट, प्रहरी निरीक्षक पदम राज पन्त, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया र नागरिक समाज गैसस महांसघ कैलालीका उपाध्यक्ष विनोद कडाराको सहभागिता रहेको थियो । संवाद कार्यक्रमको सहजीकरण माया गुरुङले गर्नुभएको थियो ।
संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले मानव बेचबिखन अन्त्यका लागि सबै निकायको हातेमालो आवश्यक रहेको बताएका थिए । पछिल्लो समय प्रविधिको विकास सँगै मानव बेचबिखनको पनि स्वरूप फेरिएकाले मानव बेचबिखन नियन्त्रणका क्रियाकलाप पनि सोही अनुसार परिमार्जन गर्न जोड दिइएको थियो । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।
मानव बेचबिखन संग सम्वन्धित मौजुदा कानुनहरुलाई समय सापेक्ष बनाउन समेत सहभागिहरुले सुझाव दिएका थिए ।
5 Comments
Leave A Reply
Cancel Reply
Greetings from California! I’m bored to death at work so I decided to check out your blog on my iphone during lunch break. I really like the knowledge you provide here and can’t wait to take a look when I get home. I’m surprised at how quick your blog loaded on my cell phone .. I’m not even using WIFI, just 3G .. Anyhow, wonderful site!
Awesome https://is.gd/tpjNyL
Very good https://is.gd/tpjNyL
Awesome https://is.gd/tpjNyL
Awesome https://lc.cx/xjXBQT