धनगढीमा छात्रा विद्यार्थी लक्षित पाँच दिने आत्मरक्षा तालिम सम्पन्न

धनगढी । धनगढीमा छात्रा विद्यार्थीहरुका लागि सञ्चालित पाँच दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

प्रदेश युवा परिषद सुदुरपश्चिम र प्रहार नेपालको संयुक्त आयोजनामा धनगढीमा उक्त तालिम चैत्र १० गतेबाट सुरु गरिएको थियो । महिला हिंसा न्युनिकरणका लागि आयोजित उक्त तालिममा विभिन्न कलेज,स्कुल,नर्सिङ कलेज गरी ४०० भन्दा बढी छात्रा विद्यार्थीहरुले तालिम लिएका छन् ।तालिम अभ्यास गर्दै प्रशिक्षक र विद्यार्थीहरु

गाउँघरमा दैनिक रुपमा महिलामाथि हुने हिंसात्मक घटनाहरु न्युनिकरण गर्न विद्यार्थी महिला लक्षित उक्त तालिम सञ्चालन गरिएको प्रदेश युुवा परिषद सुदुरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताउनुुभयो । समाजमा महिलालाई पुरुषले मात्र नभएर महिलाले महिलालाईनै हिंसा गर्ने र त्यसलाई पनि न्यूूनिकरण गर्न जरुरी रहेको उहाँको भनाई छ ।

प्रहार संस्थाले प्रदेश युवा परिषदको सहयोगमा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा महिला हिंसा विरुद्धका तालिम दिदै आइरहेको छ। प्रहार नेपालका अध्यक्ष प्रकाश चन्दले आत्मरक्षा तालिमले विद्यार्थीहरुलाई हिंसा हुुनबाट बच्न सघाउ पुग्ने बताउनुभयो ।
उक्त तालिमबाट आफ्नो सुरक्षा गर्न र महिलामाथि हुने विभिन्न हिंसाबाट आफूलाई कसरी बचाउँन सकिन्छ भन्ने कुुुरामा स्पष्ट भएको प्रशिक्षार्थीहरुको प्रतिक्रिया छ । आत्मरक्षा तालिम लिन पाउँदा सबै विद्यार्थी खुुसी भएका छन् । तालिममा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई प्रमाण–पत्र समेत प्रदान गरिएको छ ।

2 Comments
  1. drover sointeru says

    Hello! I’ve been following your web site for some time now and finally got the bravery to go ahead and give you a shout out from Houston Tx! Just wanted to mention keep up the good job!

  2. Hector1741 says
Leave A Reply

Your email address will not be published.