आसन्न स्ववियु निर्वाचनका लागि केएमसीमा उम्मेदवारहरुको टुङ्गो लाग्यो

धनगढी। सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा यहि चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रतक्ष्य तर्फका उम्मेदवारहरुको टुङ्गो लागेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज स्ववियु निर्वाचन कार्यसमितिले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । चुनावमा सहभागी हुन क्याम्पसमा विभिन्न ११ ओटा संगठन तथा समुहबाट विद्यार्थीहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । जसअन्तर्गत अध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघबाट सन्तोष पन्त, अनेरास्ववियुबाट यमराज जोशी, नेकपा समाजवादी निकट अनेरास्ववियू र अखिल (समाजवादी)को संयुक्त प्यानलबाट सुनिलराज जोशी, अखिल क्रन्तिकारीका तर्फबाट पवन सुनार, स्वतन्त्र विद्यार्थी एकता समुहबाट अम्बिका चौधरी र स्वतन्त्र उम्मेदवार तेज बहादुर मल्लले उम्मेदवारी दिनुभएको छ । यमराज जोशी यस अघिको कार्यसमितिमा पनि अध्यक्ष हुनुहुन्थ्यो भने सन्तोष पन्त सचिव र अम्बिका चौधरी कोषाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै पवन सुनार अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धि हुनुहुन्थ्यो

त्यसैगरी सचिव पदका लागि नेपाल विद्यार्थी संघबाट ओम प्रकाश वस्ती, अनेरास्ववियुबाट किरण प्रकाश उपाध्याय, अनेरास्ववियू र अखिल (समाजवादी)को संयुक्त प्यानलबाट खगेन्द्र प्रसाद अवस्थी, अखिल क्रान्तिकारीबाट लोकेन्द्र चौधरी, स्वतन्त्र विद्यार्थी एकता समुहबाट रोहित रावत, प्राज्ञिक विद्यार्थी परिषद नेपालबाट लवदेव धामी, र स्वतन्त्र रुपमा किशोर प्रसाद जोशी र दिपक बोहराले उम्मेदवारी दिनभएको छ ।

त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघबाट प्रमिला शाह, अनेरास्वसवियुबाट प्रकाश भट्ट, अनेरास्ववियू र अखिल (समाजवादी)को संयुक्त प्यानलबाट अंगिता चौधरी, अखिल क्रन्तिकारीबाट धर्मराज तिमिल्सिना र स्वतन्त्र विद्यार्थी एकता समुहबाट खेमराज भट्टराईले उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी प्रत्यक्ष तर्फको सदस्य पदको उम्मेदवारमा नेपाल विद्यार्थी संघबाट राम रोकाया, सरिता भट्ट, पुजन बिष्ट, जनक खड्का, देवेन्द्र धामी, विनिता चौधरी, राम बहादुर वोगटी, पुजा ओड र गणेश दहाल हुनुहुन्छ। अनेरास्ववियुबाट अस्मिता कुमारी जोशी, उमेश प्रसाद ओझा, हेमन्त प्रसाद जोशी, भुवन मिश्र, कञ्चन चौधरी, पारस रावल, रविता महतो, नवराज वडु, विपिन कुवँर हुनुहुन्छ। त्यस्तै अनेरास्ववियू र अखिल (समाजवादी)को संयुक्त प्यानलबाट धनराज जैशी, जनक बहादुर सार्की, प्रतिक झा, टोप बहादुर कार्की, हुनुहुन्छ ।

त्यस्तै स्वतन्त्र विद्यार्थी एकता समुहबाट लोकराज ओझा, आकाश कुमार धामी, दल बिष्ट हुनुहुन्छ। अखिल क्रन्तिकारीबाट आशा कुमारी नेपाली, बिनोद अधिकारी, विवेक धामी, कमल खड्का, महेश थापामगर, दिपेन्द्र सिंह महरा, मनिषा धामी, मनिका चौधरी, कृष्णप्रसाद भट्टराई हुनुहुन्छ । र प्राज्ञिक विद्यार्थी परिषदबाट महेश्वरी रेग्मीले उम्मेदवारी दिनुभएको छ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष जस्ता मुख्य पदमा विगतका उम्मेदवारहरु दोहोरिएकोले आसन्न निर्वाचन थप रोचक हुने विद्यार्थिहरुको आकलन छ । निर्वाचनको मिति नजिकिएसंगै विद्यार्थी र नेताहरुबिच चहलपहल बढेकाले सफल रुपमा चुनाव सम्पन्न गर्न स्ववियु निर्वान समितिले सबैमा आग्रह गरेको छ ।

4 Comments
  1. drover sointeru says

    Heya i am for the first time here. I came across this board and I in finding It really helpful & it helped me out much. I’m hoping to give one thing again and aid others like you aided me.

  2. Barret2011 says
  3. Ralph3244 says
  4. Jesse3239 says
Leave A Reply

Your email address will not be published.