अनेरास्ववियु के.एम.सीको १५ औं अधिबेशन बाट नयाँ समिति चयन

धनगढी, अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसको १५औं क्याम्पस सम्मेलनबाट पुष्प राज रानाको नेतृत्वमा ५१ सदस्य कमिटी सर्वसम्मत चयन भएको छ।

कैलाली बहुमुखी क्याम्पसको इतिहासमै पहिलो पटक राना थारु समुदायको प्रतिनिधित्व गर्ने गरि अध्यक्ष मा पुष्प राज रानाको नेतृत्व मा अनेरास्ववियु बाट  नेतृत्व चयन गरिएको छ ।

यस्तै उपाध्यक्षमा दिपक चौधरी , हृदया कु. रावल, धुर्व जोशी ,सचिवमा दशरथ भट्ट ,कोषाध्यक्षमा रस्ना खड्का, सहसचिवमा प्रकाश कार्की,सुन्दर धामी, जमुना बोहरा कार्यालय सचिवमा ध्रुव बिक, बिनोद राना लगायत ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको कमिटिका नवसचिव दशरथ भट्टले जानकारी दिनुभएको छ ।

कार्यक्रमको सभाध्यक्षता निर्वतमान अध्यक्ष पूर्णराज जैसी गर्नुभएको थियो भने, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश संयोजक रोहित बोगटी रहनुभएको थियो । यस्तै केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी सह इन्चार्ज प्रदिप खड्का, विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक गणेशनाथ योगी, प्रदेश सहसयोजक यमराज जोशी, जिल्ला अध्यक्ष कुबेर खड्का , विश्वविद्यालय कमिटी सह संयोजक राजेन्द्र रावल लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।

नयाँ अनेरास्ववियु कार्य समितिले अबका दिनमा कैलाली बहुमुखी क्याम्पसमा हुने सम्पुर्ण गतिविधिको नीग्रानी र हरेक बिद्यार्थी  को आवश्यक पर्ने सहयोग र हौसला दिने कुरामा पनि प्रतिबद्धता जनाएको छ ।

Leave A Reply

Your email address will not be published.