एक्सेस प्लानेटद्वारा सञ्चालित एक दिने तालिम सम्पन्न

धनगढी ।  धनगढीमा एक्सेस प्लानेट संस्थाद्वारा सञ्चालित एक दिने तालिम बुधबार सम्पन्न भएको छ। उक्त तालिममा अपाङ्गता भएका ३० जना महिलाहरु सहभागी थिए । सहभागीहरुको माग अनुसार पब्लिक स्पिकिङ , वर्कशप तालिम दिइएको एक्सेस प्लानेट संस्थाकी कार्यकारी निर्देशक लक्ष्मी नेपालले जानकारी दिनुभयो । तालिममा पैरवी, नेत्री संवाद जस्ता विषयमा तालिम दिइएको कार्यकारी निर्देशक नेपालले बताउनु भयो । विशेष गरेर दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूका लागि कम्प्युटर तालिम,पहुँचयुक्त एप्लिकेसनहरू चलाउन सिकाई प्रविधिमा पहुँच बढाउने, प्रविधिमैत्री बनाउने उद्देश्यले पैरवी गर्ने गरेको पनि निर्देशन नेपालले जानकारी दिनुभयो ।
अपाङ्गता भएका महिलाहरू मात्र नभएर दलित महिला, जनजाति महिला ,लैङ्गिक तथा यौनिक अल्पसंख्यक महिला ,एकल महिलाहरू सँगै समन्वय गरेर काम गरिरहेको नेपालले बताउनुभयो । यसरी सामूहिक रूपमा सँगै जोडिँदा एकअर्काका समस्यामा समन्वय गर्ने ,बुझ्ने, सम बुझाई कायम गर्ने र आवाज बलियो हुने उहाँको दाबी छ ।यो कार्यक्रम UN Woman ले सपोर्ट गरेको हो। जसमा सीमान्तकृत मा परेका महिलाहरूका लागि सञ्चालन गरिएको हो।
विसं २०७२ सालमा स्थापना भएको यस संस्थाले सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र मधेश प्रदेशमा गरी तीनवटा प्रदेशमा कार्यक्रम सञ्चालन गरिरहेको छ। पहिलो चरणको काम तीनवटै प्रदेशमा भइसकेको छ। एउटा प्रदेशबाट ३० जनाको समूह बनाइएको र उहाँहरूलाई आवश्यक विषयको तालिम दिने गरिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.