सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त

धनगढीः सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ पदाधिकारीहरूको नियुक्ति भएको छ।

जसअन्तर्गत व्यवस्थापन संकायको डीनमा प्रा.डा. पदम राज जोशी पुनः नियुक्त हुनुभएको छ। उहाँ यस अघि पनि वि.सं. २०७८ देखि व्यवस्थापन संकायको डीन रहनुभएको थियोे। उहाँ कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पनि हुनुहुन्थ्यो। यस्तै विज्ञान तथा प्रविधि संकायको डीनमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक एवं युवा वैज्ञानिक डा.प्रेमसिंह साउद नियुक्त हुनुभएको छ। उहाँ नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार‑२०८१ बाट सम्मानित हुनुभएको थियो। त्यस्तै, स्कुल अफ फरेष्ट अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान संकायमा उप–प्राध्यापक शिद्धराज पन्तलाई डीनको जिम्मेवारी दिइएको छ। उहाँ पनि कैलाली बहुमुखी क्याम्पसमा प्राध्यपनरत हुनुहुन्थ्यो।

यसैबिच, कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सह–प्राध्यापक डा. लोक बहादुर बिष्ट नियुक्त हुनुएको छ।

आज सुदूरपश्चिम विश्वविद्यायलका उपकूलपति प्रध्यापक डा. हेमराज पन्त र रजिष्ट्रार प्रा.डा. विनोद लेखकले नव नियुक्त सबै पदाधिकारहिरुलाई नियुक्ति पत्र प्रदान गर्दै वधाई र शुभकामना व्यक्त गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.