कैलाली बहुमुखी क्याम्पसमा बि.एड. प्रथम सेमेष्टरका विद्यार्थीहरूलाई अभिमुखीकरण

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकाय अन्तर्गत बि.एड. कार्यक्रममा नयाँ भर्ना भएका प्रथम सेमेस्टरका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

बुधबार आयोजित कार्यक्रममा निवर्तमान सहायक क्याम्पस प्रमुख डा. ठाकुर प्रसाद ढुङ्गेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता सह–प्राध्यापक यादव बहादुर कडालले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा शास्त्र संकायका विभागीय प्रमुख डा. प्रयागराज जोशीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै बि.एड. कार्यक्रमको शैक्षिक संरचना, पठनपाठन प्रक्रिया तथा क्याम्पसको शैक्षिक वातावरणबारे जानकारी दिनुभयो। उहाँले शिक्षण पेशा केवल रोजगारीको माध्यम नभई समाजसेवाको महत्वपूर्ण क्षेत्र भएकाले जिम्मेवारीपूर्वक अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

त्यसैगरी, सह–प्राध्यापक डा. मोहन सिंह साउदले पाठ्यक्रमका विभिन्न पक्षबारे जानकारी गराउँदै अध्ययनमा अनुशासन, निरन्तरता र लगनशीलताको महत्वमाथि प्रकाश पार्नुभयो।

प्रमुख अतिथि डा. ठाकुर प्रसाद ढुङ्गेलले विद्यार्थीहरूलाई उच्च लक्ष्यका साथ अध्ययनमा समर्पित हुन प्रेरित गर्दै क्याम्पसले विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूलाई क्याम्पस, पाठ्यक्रम तथा शैक्षिक गतिविधिबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.