स्नातक तह विज्ञान संकायमा कैलाली बहुमुखी क्याम्पसको उत्कृष्ट नतिजा, पाँच जनाले ल्याए समग्र ४ जीपिए 

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (बिएससी) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गर्नुभएको छ।

स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्र (फिजिक्स ग्रुप) बाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र अभिषेक जोशी तथा जीव विज्ञान (वायोलोजी ग्रुप) बाट भुमिका चौधरीले समग्रमा समान ४.०० जीपिए प्राप्त गर्नुभएको हो।

त्यस्तै वनस्पति बिज्ञान (बोटनी) मा ३.५१ जीपिए सहित आरति भट्टले उकृष्ट स्थान हाँसिल गरेको कैलाली बहुमुखी क्याम्पसको विज्ञान संकायकी विभागीय प्रमुख डा.रमा देवि जोशीले बताउनुभयो। प्राध्यापक र विद्यार्थीहरुको काडा परिश्रमबाट उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको उहाँले बताउनुभयो।

क्याम्पस प्रमुख सह प्राध्यापक डा.लोक बहादुर बिष्टले विद्यार्थीहरुको नतिजाले क्याम्पस परवारलाई हर्षित बनाएको बताउनुभयो। । “हामी सेमेष्टर प्रणालीमा गईसकेपछि विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न क्याम्पस र प्राध्यापकहरुले अथक मेहेनत गरेका छौँ‚ उनिहरुको नतिजाले खुसी तुल्याएको छ।” उहाँले भन्नुभयो।

उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिदैँ आगामी दिनमा पनि विद्यार्थीहरुबाट यस्तै किसिमको नतिजाको अपेक्षा रहेको उहाँले बताउनुभयो। सुदूरपश्चिम विश्वविद्यालयमा गईसकेपछि स्नातक तह पुरा गर्ने यो पहिलो व्याच हो।

Leave A Reply

Your email address will not be published.