सुगन्धित तेल प्रयोजनका लागि कैलाली बहुमुखी क्याम्पसमा तेजपत्ता र मोरिङ्गाका विरुवा रोपण

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा वृक्षारोपण गरेका छन्। शुक्रबार विद्यार्थीहरुले क्याम्पस परिसरमा ५० भन्दा बढी तेजपत्ता र मोरिसङ्गाका विरुवा रोपेका छन्।
उद्यमशीलता प्रवर्धन गर्न विश्वविद्यालय अनुदान आयोगको पढ्दै, कमाउदै (लर्न एण्ड अर्न) कार्यक्रम अन्तर्गत भविष्यमा ति विरुवाहरुबाट सुगन्धित तेल निकाल्न वृक्षहरु लगाईएको विज्ञान संकायकी विभागीय प्रमुख डा. रमा देवि जोशीले बताउनुुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसले वनस्पतिाबाट सुगन्धित तेल निकाल्ने मेसिन र उपकरणहर खरिद गरेको छ । उक्त मेसिनबाट विभिन्न जडीबुटी, फूल, पात, दाना वा बोक्राबाट एसेन्सियल आयल (सुगन्धित तेल) निकाल्ने गरिन्छ।
त्यसको लागि आवश्यक कच्चा पदार्थ र हर्वल सामग्रीहरुको आवश्यकता पुर्ति गर्न क्याम्पस परिसरमा विरुवा लगाइएको बनस्पति विज्ञानका उपप्राध्यापक एवम् विज्ञान प्रयोगशालाका ल्याब एसिस्टेन्ट पुष्कर पन्तले जानकारी दिनुभयो ।
लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत आगामी दिनमा ठुलो मात्रामा सुगन्धित तेल उत्पादन र बिक्रि गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई सिकाई र आयआर्जनमा जोड्दै सामाजिक उत्तरदायित्व बहन गर्ने गरि त्यसको प्रवर्धन र बजारीकरण गरिने उहाँले बताउनुभएको छ ।
वृक्षारोपणमा सुदूरपश्चिम विश्पवद्यालय प्राकृतिक स्रोत व्यवस्थापन संकायका डीन उपप्राध्यापक सिद्धराज पन्त, कैलाली बहुमुखी क्याम्पसको विज्ञान संकायकी विभागीय प्रमुख डा.रमा देवि जोशी लगायत प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.