क्याम्पस सहायक प्रमुखमा साउद, सापकोटा र भट्ट नियुक्त

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पस मा तीन जना सहायक क्याम्पस प्रमुख नियुक्त भएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार क्याम्पसका सह–प्राध्यापक डा. मोहन सिंह साउद, डा. शिव प्रसाद सापकोटा र डा. घनश्याम भट्ट लाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो।

नवनियुक्त सहायक क्याम्पस प्रमुखहरूलाई २०८२ साल मङ्सिर १२ गते क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्ट ले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो।

यसअघि क्याम्पसमा डा. लोक बहादुर बिष्ट, ठाकुर प्रसाद ढुंगेल र तर्कराज भट्ट सहायक क्याम्पस प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँहरूको कार्यकाल समाप्त भएपछि नयाँ सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको क्याम्पस प्रशासनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.