धनगढी,- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लुहामले आफ्ना एक सदस्यलाई बीमा दावी बापतको रकम हस्तान्तरण गरेको छ।
त्रिवेणी गाउँपालिका–२, सालिभाङ बस्ने ३३ वर्षीया सदस्य मिना थापाका श्रीमान करण थापाको मिति २०८२ मंसिर २५ गते असामयिक निधन भएपछि संस्थाले उक्त राहत उपलब्ध गराएको हो।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा संस्थाले मृतकका परिवारलाई ३ लाख रुपैयाँ बराबरको कर्जा मिनाहा गर्नुका साथै १५ हजार रुपैयाँ क्रियाखर्च प्रदान गरेको छ।
एक कार्यक्रमका बीच शाखा सञ्चालन अधिकृत खेमराज सार्की र कर्मचारी झलक बुढाले संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा २२ जना सदस्यहरूको उपस्थिति रहेको थियो।