केएमसी खेल सप्ताह: निबन्ध प्रतियोगितामा प्रबिन चन्द र निर्मल भण्डारी प्रथम

धनगढी। कैलाली बहुमुखी क्याम्पसको ४५औँ वार्षिक उत्सव कार्यक्रम अन्तर्गत समावेश निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ।

नेपाली निबन्ध प्रतियोगिता तर्फ कानुन संकाय, छैटौँ सेमेस्टरका निर्मल भण्डारी प्रथम भएका छन्। त्यसैगरी शिक्षा संकाय, प्रथम सेमेस्टरकी दुर्गा घर्तीमगर द्वितीय र व्यवस्थापन संकाय, प्रथम सेमेस्टरका चक्रबहादुर बिष्ट तृतीय भएका छन्।

त्यस्तै, अंग्रेजी निबन्ध प्रतियोगिता तर्फ कानुन संकाय, छैटौँ सेमेस्टरका प्रबिन चन्द प्रथम, बिबिएस प्रथम सेमेस्टरका दिनेश चौधरी द्वितीय र बिबिए, प्रथम सेमेस्टरकी प्रियंका जोशी तृतीय भएका छन्।

प्रतियोगिता सहप्राध्यापक डा. रामचन्द्र बिनाडीको संयोजकत्वमा सम्पन्न भएको हो।

Leave A Reply

Your email address will not be published.