धनगढी । धनगढी उप-महानगरपालिकाले माघ ५ गते देखि ३० दिने सीप तथा रोजगार मेला र १० दिन परामर्श सम्बन्धि कार्यशाला आयोजना गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी रोजगार मेला आयोजना हुने कार्यतालिका सार्वजनिक गरेको हो । मंसिर १५ देखि आवेदन संकलन गरि पुस १५ गते सम्म छनौट र नामावली प्रकाशन गरिने उपमहानगरपालिकाले जानकारि दिएको छ ।
रोजगार मेलामा देहायका सिपहरु सिक्न सकिनेछ :
अटोमोबाईल सम्बन्धि–ईभी गाडी, मोटरसाईकल तथा स्कुटर/सुचना तथा प्रविधि तर्फ– डिजिटल मार्केटिंग , फोटोग्राफी ,तथा ड्रोन अपरेसन
ह्स्पिटालिटि तर्फ– वेटर, बेकरी ,कफी बारिस्टा फास्टफुड÷ कुक/शैक्षिक सर्भिस तर्फ– पुरोहित, लेखा व्यवस्थापन , भ्ऋम् सहजक एडभान्स, व्यसटिसियन हेअर कटिङ/आर्ट क्राफ्ट डिजाइनिङ तर्फ– बेतबाँस हस्तकला ,बुटिक तथा कढाई,सांस्कृतिक पोशाक
निर्माण तर्फ–पब्लिङ ,फर्निचर, विल्डिंग वाईरिग/मेकानिकल तर्फ – एसी तथा फ्रिज मर्मत, मोबाइल तथा सिसिटिभी मर्मत लगाएत २२ ओटा क्षेत्रमा तालिम दिने रोजगार संयोजक चन्द्र महराले जानकारी दिएका हुन् ।
सुदुरपश्चिम प्रदेशभरिबाट सिप मेलामा सहभागी हुन पाउनेछन् भने दर्ताका लागि नगरपालिकाको अनलाईन साइट मार्फत् आवेदन दिन सकिनेछ । यस्तै अफलाइन माध्याम वा दर्ता शिविर मार्फत आवेदन दिन सकिने संयोजक महराले बताए ।
आवेदकहरुमध्येबाट छनौट कार्यविधि अनुसार छनौट गरेर तालिममा सहभागि गराईनेछ। धनगढीले गतवर्ष पनि सिप मेलाको आयोजना गरेको थियो । पहिलो सस्करणको सफलतापछि धनगढी दोस्रो संस्करणको तयारीमा जुटेको हो ।