केएमसी खेल सप्ताह: कबड्डीमा छात्र बिबिए र छात्रातर्फ बिए संकाय प्रथम

धनगढी। कैलाली बहुमुखी क्याम्पसमा माघ ११ गतेदेखि सुरु भएको खेल सप्ताह २०८२ अन्तर्गत सम्पन्न कबड्डी प्रतियोगितामा छात्रतर्फ  बिबिए संकाय प्रथम भएको छ।

प्रतियोगितामा छात्रतर्फ १३ टिम र छात्रातर्फ ८ टिम सहभागी भएका थिए। छात्रतर्फको प्रतिस्पर्धामा बिबिएले ५१ अंकसहित प्रथम स्थान हासिल गरेको हो भने कानुन संकायले ४२ अंक प्राप्त गर्दै द्वितीय स्थानमा रह्यो। त्यसैगरी विज्ञान तथा प्रविधि सङ्कायका बिएस्सी सिएसआइटी र बिएस्सी टिमका खेलाडीहरुले संयुक्त रूपमा तृतीय स्थान हासिल गरे।

त्यसैगरी, छात्रातर्फ सम्पन्न खेलमा मानविकी तथा सामाजिक शास्त्र (बीए) संकायले ४५ अंकसहित प्रथम स्थान हासिल गरेको छ। बिबिएस ले ४१ अंक प्राप्त गरी द्वितीय स्थानमा रहँदा बिएड र कानुन संकायले संयुक्त रूपमा तृतीय स्थानमा हासिल गरेका कबड्डी खेलका संयोजक उपप्राध्यापक कविराज जोशीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.