धनगढी, सुदुरपश्चिम विश्वविद्यालय को आङ्गिक क्यामपस कैलाली बहुमुखी क्याम्पसमा तीन जना सहायक क्यामपस प्रमुख नियुक्त भएका छन् ।
सुदुरपश्चिम विश्व विद्यालयको कार्यकारी परिषदको निर्णय अनुसार कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक डा. मोहन सिंह साउद , डा शिव प्रसाद सापकोटा र डा. घनश्याम भट्ट सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ ।
२०८२ साल मङ्सिर १२ गते आज कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टले उहाँहरुलाई नियुक्ति पत्र दिनुभएको हो ।
यस अघि कैलाली बहुमुखी क्याम्पसमा डा लोक बहादुर बिष्ट, ठाकुर प्रसाद ढुंगेल र तर्कराज भट्ट सहायक क्यामपस प्रमुख हुनुहुन्थ्यो। उहाँहरूको कार्यकाल सकिएपछि नयाँ सहायक क्यापस प्रमुख नियुक्त गरिएको हो ।