धनगढी – सदाचारका लागि सामाजिक पहल संस्थाको १२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा दिनेश पाण्डेय र सचिवमा गगनराज घिमिरेलाई चयन गरिएको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा जयराज जोशी, कोषाध्यक्षमा गोपालराज पाठक, सदस्यमा लालबहादुर देउवा, कृष्णबहादुर बोहरा, माधव भट्ट, केदारदत्त भट्ट र मुकेश चन्द चयन हुनुभएको छ ।
यस्तै संस्थाले डा हेमराज पन्त, खेमराज पाण्डेय, महेश्वर पाठक र सुर्यप्रसाद जोशीलाई सम्मान गरेको छ । उहाँहरुलाई असल आचरणका साथ सामाजिक कार्यमा आफ्नो जीवनलाई समर्पण गर्नुभएकाले सम्मान गरिएको संस्थाका सचिव गगनराज घिमिरेले बताउनुभयो ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख, प्राध्यापक तोयराज भट्टको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कैलाश प्रसाद दाहालको अध्यक्षता रहेको थियो ।
सदाचारका लागि सामाजिक पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आवद्ध संस्था हो ।