धनगढीको ऐश्वर्यमा गजल प्रतियोगिता : केएमसीका बोगटी प्रथम

धनगढी– धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा भएको गजल प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार डडेल्धुरा विद्यार्थी समाज ऐश्वर्यको आयोजनमा उक्त प्रतियोगीता सम्पन्न भएको हो ।

युवा कवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीको अवसरमा गजल प्रतियोगिता आयोजना गरिएको समाजका सचिव महेश बडुले बताउनुभएको छ ।

प्रतियोगितामा धनगढीको कैलाली बहुमुखी क्याम्पमा अध्ययनरत कैलाश बोगटीले प्रथम स्थान हात पार्नुभएको छ । उहाँलाई ४ हजार पुरस्कार राशीसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै द्वितीय र तृतीय क्रमशः सिद्ध समर्पणलाई नगद ३ हजार र मिरु शाहनीलाई नगद २ हजारका साथै प्रतियोगीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ। प्रतियोगिताको निर्णायकमा गलजकार तारा पल्लवी र पुष्पराज पाण्डेय रहनु भएको थियो ।

कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.