गजलकार कोपिला शर्मा ‘कल्प’को गजल सङ्ग्रह ‘सन्दुस’ विमोचन

धनगढी । गजलकार कोपिला देवी शर्मा ‘कल्प’को गजल सङ्ग्रह ‘सन्दुस’ विमोचन भएको छ । आज बुधबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो ।

बाग्लुङ जिल्लामा जन्मनु भएकी गजलकार शर्माले आफुले लेखेका रचनाहरुलाई सुरक्षित गर्ने विगत देखिको बानी र भावनाले प्रेरित भएर पहिले देखिका आफ्ना गजलहरुलाई यस सङ्ग्रहमा अटाएको बताउनुभयो ।

सन्दुस भन्नाले घरमा रहेका महत्वपुर्ण समानहरु राख्न प्रयोग गरिने परम्परागत भाँडो हो । यस गजल सङ्ग्रहले लोपउन्मुख भाषा र शब्दको जगेर्ना गर्नमा पनि सहयोग पुग्ने उहाँको भनाई छ । गजल सङ्ग्रह विमोचन कार्यक्रम प्रगतिशील लेखक संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको हो ।

‘सन्दुस’मा समसामयिक विषय, नारीका हक–अधिकार, नारी स्वतन्त्रता, समाजका रुढीवादी परम्पराविरुद्धको आवाज, राष्ट्र प्रेम, प्रगतिशील चिन्तन, सामाजमा व्याप्त राम्रा नराम्रा पक्षको गजल मार्फत चित्रण गरिएको छ ।

‘सन्दुस’ गजल सङ्ग्रह मार्फत त्यसमा रहेका कमिकमजोरी सुधार्ने मौका दिन पनि कवयित्री तथा गजलकार शर्माले पाठक वर्गसँग अनुरोध गर्नुभएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउद रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.