धनगढी – सीताराम बहुमुखी क्याम्पस, डोटीले आर्थिक कारोबारमा लापरबाही गरेको गुनासो गरिएको छ ।
क्याम्पमा विद्यार्थीहरूबाट उठेको शुल्कबाट नै विद्यार्थीले पाउनुपर्ने सेवा सुवीधा कुनै पनि नपाएको उक्त क्याम्पसको स्ववियुले गुनासो गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनीयनद्वारा गत भदौ २५ गते सीताराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समक्ष क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङगीक क्याम्पस भए पछाडीको हालसम्मको आयव्यय आर्थिक कारोबार र विद्यार्थिहरूबाट उठेको शुल्कबाट नै विद्यार्थीहरुले पाउनुपर्ने सेवा सुवीधा उपलब्ध गराई सम्पुर्ण कारोबार सार्वजनिक गरीनुपर्ने भनी ज्ञापन पत्र बुझाइएको तर हाम्रो विद्यार्थीहरूले पाउने सेवा सुवीधामा पनि क्याम्पसको आन्तरिक आम्दानीमा राखी अन्य शिर्षकमा खर्च गरी सकेको पाएको छ भनी स्ववियुले बुधबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै खर्च गर्न नमील्ने रकम खर्च भएमा पनि दायित्वका रूपमा देखाइनु पर्नेमा आम्दानीको रूपमा देखाएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
स्ववियु शुल्क, विद्यार्थी कल्याण शुल्क र खेलकुदको लागी उठेको शुल्क पनि कुनैपनि सामाग्री खरीद नगरेको तर अन्य शिर्षकमा खर्च भएको देखाएको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरूबाट पुस्तकालय धरौटीमा ४० हजार जम्मा भएको तर क्याम्पसको बैंक खातामा जम्मा ४७ सय १५ रहेको भेटीएको छ जुन रकम विद्यार्थीहरूले बुझाएको धरौटी रकम हो । विद्यार्थीले फिर्ता पाउनुपर्ने उक्त रकम हाल क्याम्पससँग नभएको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै अन्य पुजिगत बजेटका योजनाहरूमा दायित्व देखाउन नमील्नेमा पनी दायित्वमा देखाइएको स्ववियुको गुनासो छ ।
२०७५ सालभन्दा अगाडिको कुनै पनि दायित्व नलिने गरी त्रिभुवन विश्वविद्यालयबाट सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन हुने बेलामा सम्झौता भएको तर अहिले देखाउन नमिल्ने ६ लाख दायित्व देखाएकोले २०७५ देखी हालसम्मको यथार्त योजना गत विवरण, आम्दानी विवरण र खर्च तथा दायित्व पारदर्शी तरीकाले सरोकार वाला माझ सार्वजनिक गर्न क्याम्पस प्रसाशनलाई अनुरोध गरिएको र सार्वजनिक नभए प्रचलीत नियम कानुन अनुसार छानबिनका लागी सम्बन्धीत नीकायमा जाने सीताराम बहुमुखी क्याम्पसका स्ववियु सभापति उमेश बलायरले बताउनुभयो ।