धनगढी – बुधबार कैलाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु केएमसीद्वारा आयोजित क्याम्पस स्तरिय गजल प्रतियाेगितामा ‘अबि प्यारे’ प्रथम हुन सफल हुनुभएको छ ।
यस्तो छ प्रतियोगिता जित्न सफल ‘प्यारे’को गजल
जब यी फूलहरूसँग पहिचान बन्यो
यो जीवन काँडाको ओछ्यान बन्यो
फूल मात्रै भए त चुडेरै सकिन्थे होला
काडाँ भएर मात्रै उद्यान उद्यान बन्यो
थोरै अभाव राखे, राखे थोरै रहर
यसरी जिन्दगी पनि दोकान बन्यो
समेट्नुछ सुखहरू पनि यसै गरेर
दुखहरू बटुल्दा त एक घान बन्य
फूल मात्रै भए त चुडेरै सकिन्थे होला
काडाँ भएर मात्रै उद्यान उद्यान बन्यो
अन्जान्बाट प्रेमी बन्यो पहिले,
आज प्रेमीबाट अन्जान बन्यो
आउनेहरु सब खेलेर जान्छन,
मुटु पनि एक खेलमैदान बन्यो
फालेकी थियौ हिजो पत्थर सम्झेर
हेर त प्यारे आज भगवान बन्यो ।
[…] विषाक्त पदार्थ बाहिर निस्कन्छ । निःशुल्क चिकित्सा जाँच : शरीरको नियमित जाँच गराउनाले विभिन्न […]