धनगढी । दार्चुलाकाे मार्मा गाउँपालिका.- १ ताकुमा जन्मनु भएका उमेश ठगुन्ना थाइल्यान्डको बैंककमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक आवार्डद्वारा सम्मानित हुनुभएका छन् ।लामो समय सम्म शैक्षिक एवम गायन क्षेत्रमा आबद्ध रहेका ठगुन्नाले “जिन्दगी के छ र” बोलको गीतबाट आवार्ड हात पार्नु भएकाे हाे ।
शैक्षिक एवम गायन क्षेत्रमा योगदान पुर्याउदै आउनु भएका ठगुन्नाका र्दजनौ गीतहरू चर्चित र त्यति नै सन्देशमूलक रहेका छन् । उहाँ हाल कञ्चनपुरको शुक्लाफाटा नगरपालिका.- ८ पारीफाटामा स्थायी रुपमा बसोबास गर्दै आउनु भएका छन् ।हाल भने ठगुन्ना सांगीतिक एवं शौक्षिक कर्मथलो बनाएर काठमाण्डाैं बसिरहनु भएकाे थियाे ।
उहाँसँगै गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक आवार्ड २०२४ मा नेपाली गायक , गायिका , मोडेलहरु गरी जम्मा ३२ जना सम्मानित भएका हुन् ।