जनस्वास्थ्य स्तम्भ : दाँत कसरी स्वस्थ राख्ने ?
धनगढी । भनिन्छ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै वुद्धिमानी हुन्छ, किनभने सामान्य रोगको संक्रमणले पनि मानव स्वाथ्यलाई आक्रान्त पार्न सक्छ । यति मात्र होईन कमजोर स्वास्थ्य भएकाको त ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ बैज्ञानिकहरुले विभिन्न रोगहरुलाई जित्न सक्ने खोप र औषधीहरुको विकास गरी प्रयोगमा ल्याईसके पनि केही गम्भीर रोगमाथी भने बिजय पाउन सकिरहेका छैनन ।
कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ, रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कषण गराउने र मानव जिवनलाई सुरक्षित तुल्याउन सुरक्षाका उपायहरु पहिलाउने प्रयास हाम्रो रहने छ । आजको अङ्कमा हामीले धनगढी स्थित हिमालयन गौरी शंकर डेन्टल क्लिनिक कैलालीमा कार्यरथ डाक्टर समिक्षा थापासंग दाँतमाआउने समस्या र यसको समाधान बारे कुराकानी गरेका छौं । (कुराकानी सुन्नुहोस )