धनगढी । यस सेवा समितिको स्थापना वि. सं. २०६५ सालमा भएको हो । यस समितिको भवन धनगढी उपमहानगरपालिका वा. नं. – ५ तारानगर (चित्रकुट) मा उत्तरबेहडी पुलको उत्तर तिर छेउमै रहेको छ । एक कठ्ठा केही धुर क्षेत्रफल ओगटेको यस सेवा समितिको भवनमा तल योगा हल, शौचालय, बिचमा कार्यालय र माथि दोस्रो तल्लामा सेमिनार हल र शौचालय रहेको छ । यस संस्थालाई विभिन्न समयमा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग स्वरुप चन्दादाताहरूको नाम, ठेगाना र रकम भवन परिसरमा जडित शिलालेखमा उल्लेख गरिएको छ । यस संस्थाले प्रत्येक वर्ष भित्ते पात्रो प्रकाशन र दार्चुला दर्पण नामक पुस्तक प्रकाशन गर्दै आइरहेको छ । जग्गा दान गर्नेदेखि भवन निर्माणमा विशिष्ट व्यक्तिहरू, स्थानीय निकाय, प्रदेश र संघीय सरकार तथा आजीवन सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।
स्थापनाकालदेखि नै यस संस्थाले सेवामूलक सामजिक कार्यहरू गर्दै आइरहेको छ ।यस संस्थामा दार्चुला मूल थलो भई हाल कैलालीका विभिन्न क्षेत्रमा बस्दै आउनु भएका शिक्षक, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी, व्यापारी, कर्मचारी, कृषक, आमनागरिक लगायत प्रायः दार्चुलाका सबै नौवटा स्थानीय तहका व्यक्तिहरूको आवद्धता रहेको छ । करिब ४०० भन्दा बढी यस संस्थामा आजीवन सदस्य छन् । स्थापनाकालदेखि नै यस संस्थाले प्राकृतिक तथा दैवीप्रकोपमा परेकाहरूलाई राहत संकल तथा आर्थिक सहयोग, रक्तदान कार्यक्रम, लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरू निःशुल्क रुपमा सञ्चालन गर्दै आइरहेको छ । यसका अलावा विभिन्न सचेतनामूलक कार्यक्रम, लागूपदार्थ दुव्र्यसन, ट्राफिक सचेतना कार्यक्रम, आँखा शिविर कार्यक्रम लगायत सरसफाइ कार्यक्रम, योगा, विरामीहरूलाई बेलाबेलामा फलफूल वितरण कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यस संस्थामा दार्चुला मूलघर भई कैलालीमा बसोबास गर्दै आएका केही व्यक्तिहरूले आफ्नो मान्छेको सम्झनामा अक्षय कोष स्थापना गरेको छ । जसबाट आउने वार्षिक लाभांश रकम विद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरुप प्रदान गर्दै आइरहेको छ । साथै यश संस्थाले स्थापना कालदेखि नै प्रत्येक वर्ष मनाइने होली कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । होलीबाट उठेको रकम यस संस्थाको खातामा राखिने गरेको छ । केहि वर्षयता यस संस्थाले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिदै आएको कार्य प्रशंसनीय छ ।
नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा यसपालि पनि समितिले मिति २०८१ चैत्र – २३ गते शनिबारका दिन नयाँ वर्षको शुभकामना आदानप्रदान, भित्ते पत्रिका विमोचन सहित रेडक्रस कैलालीको सहकार्यमा ९ औं वृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न गइरहेको छ । समितिको आयोजनामा रगत संकलन गरिए पनि संकलित रगत रेडक्रस धनगढीमा जम्मा हुने र देशैभरीका जो कोहिलाई पनि रेडक्रसले उपलब्ध गराउने हुँदा सम्पूर्ण विद्यार्थीहरू, आम नागरिक तथा रक्तदाताज्यूहरूमा रक्तदान कार्यक्रममा सक्रिय सहभागीभई आफ्नो रक्तचाप परीक्षण, रगत समूह थाहा पाउनु होस र एकथोपा रगतले कसैको ज्यान बच्न सक्छ भने रगत दानगरि पुण्य कमाउन हार्दिक अनुरोध गर्दछु । साथै आउँदै गरेको २०८२ को उपलक्ष्यमा समृद्ध राष्ट्र समुन्नत नेपालको कामना सहित सबै नेपालीको सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद !!!
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना ः माालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गोठ्युडी (कोटबुङ्गा) दार्चुला
Would you be inquisitive about exchanging links?
Good https://is.gd/tpjNyL
Awesome https://shorturl.at/2breu