धनगढी। केएमसी सिर्जनशील क्लबद्वारा खुल्ला साहित्यिक तथा विचार प्रस्तुत कार्यकम आयोजना गरिएको छ ।
शुक्रबार कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी साहित्यकारहरूबिच कविता, गजल तथा मुक्तक वाचन कार्यकम सम्पन्न गरिएको हो ।
उक्त क्लबको नियमित मासिक कार्यक्रम अन्तर्गत विद्यार्थी स्रष्टा र नव प्रतिभाहरूको प्रस्फुटन गर्ने उद्देश्यले साहित्यक कार्यक्रम आयोजना गरिएको क्लबका सचिव महेशराज जोशीले बताउनुभयो ।
उक्त साहित्यिक प्रतियोगितामा कविता विधा अन्तर्गत पवित्रा ओझा प्रथम र हेमन्त जोशी द्वितीय हुनु भएको छ।
त्सैगरी गजल विधामा लोकेन्द्र थापा प्रथम बिनोद अधिकारी द्वितीय तथा मुक्तक विधामा मेखराज भण्डारीले प्रथम र रमेश बिकले द्वितीय स्थान हासिल गर्नु भएको थियो।
विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउन र उनिहरूको प्रतिभालाई उजागर एवम् प्रस्फुटन गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिइने केएसि सिर्जनसिल क्लबका अध्यक्ष चक्र प्रसाद भण्डारीले ले बताउनुभयो ।
उक्त कार्यक्रम कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक डा .बासुदेव बिष्ट को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।