नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउने आधारहरु के–के हुन ? नेपाल गाँजा बैधानिक महाअभियानका केन्द्रिय सदस्य रबिन्स डाँगी संगको कुराकानी । ( अडियो सहित)
धनगढी । यतिवेला कतिपय घटनाहरुले मानवको दैनिकीलाई नै प्रभावित पारिरहेका छन् भने केही व्यक्तिका कारण समाज र राष्ट्र नै तरंगित भईरहेको सुन्न र देख्न पाईन्छ । यस्ता विषय र व्यक्तिप्रति मिडियाको सदैव निगरानी र गम्भिर चिन्ताचासो हुने गरेको छ । किनभने अति सामान्य मुद्धा वा व्यक्तिप्रति सारा विश्वको ध्यान खिचिएकै हुन्छ ।
यस्तै विषय तथा व्यक्तिका सवाललाई सार्वजनिक गर्ने गरी विषय व्यक्ति विशेष स्तम्भमा सुनेका र देखेका सवाललाई केरकार गर्ने र त्यसमा गहनतम् सवाल–जवाफ पैदा गर्ने प्रयत्न गरिनेछ । जसबाट आमवर्गका अनुत्तरित प्रश्नहरुको खुलासा समेत हुनेछ । साथै, सम्बन्धित व्यक्तिको अनुभव, भोगाई र विचार मार्फत नयाँ पुस्ता तथा वर्तमान सामाजिक परिवेशलार्ई सहि दिशातर्फ मार्ग निर्देश गर्ने सिकाईको पाटो समेत बन्ने छ । यस स्तम्भमा उठाईएका विषय र प्रस्तुत गरिएका विचारहरुले तपाई हाम्रो सकारात्मक र समालोचनात्मक मानसिकताको विकास गराउने प्रयत्न हाम्रो रहनेछ ।
आजको स्तम्भमा भने नेपाल गाँजा बैधानिक महाअभियानका केन्द्रिय सदस्य रबिन्स डाँगी संग गाँजालाई बैधानिक वनाउने कार्यमा नेपाल सरकारले कसरी काम कार्वाही गरिरहेको छ ? र यसलाई वैधानिक बनाउने आधारहरु के–के हुन भन्ने विषयमा चर्चा पचिर्चा गर्नेगरी उहाँसंग कुराकानी गरेका छौं । (सुन्नुहोस)