किन लगाइँन्छ गर्मीमा सनग्लास ?

धनगढी । धुलो धुवाँ, घामको किरणबाट बच्न र स्टाइलिस देखिन धेरैले सनग्लास लगाउने गर्दछन् । जाडो यामको तुलनामा गर्मी याममा सूर्यको पराबैजनी किरण तीन गुणाले बढी हुने गर्छ । जसबाट बच्न यसको आवश्यकता चिसाे माैसममाभन्दा गर्मी मौसममा बढि हुन्छ । गर्मीमा धुलो धुवाँ र घामका कारण आँखा चिलाउने, पोल्ने, आँसु बग्नेलगायत समस्या देखिने गर्छ । यी समस्याबाट बच्नका लागि भए पनि सनग्लास लगाउनुपर्छ ।

त्यसैले गर्मीमा सनग्लास फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । त्यसो भए कुन समयमा कस्ता सनग्लास लगाउने त रु

घाममा आँखाको सीधा सम्पर्क नहोस् भन्नका लागि सनग्लासको खरिद गरिने भएकाले चिकित्सकहरु अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका ग्लास मात्रै किन्नु सुझाव दिन्छन् ।

जहाँ चर्को घाममा हिँड्दा कालो र ग्रे कलरको सनग्लास लगाउनु उपयुक्त हुन्छ । यी कलरले ब्राइटनेस र ग्लेयरबाट बचाउँछन् ।

त्यस्तै बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेले यो ग्लास लगाउनु राम्रो हुन्छ ।

लो लाइट कन्डिसन अर्थात् घाम मज्जाले नलागेको समयमा एल्लो र अरेन्ज कलर पनि राम्रो मानिन्छ । इन्डोर स्पोर्टस्का लागि यो ग्लास राम्रो हुन्छ । हिउँ खेल्न जानेले पनि यी कलरका ग्लास लगाउन राम्रो हुन्छ । सबै कलरका सनग्लासलाई पोलोराइज्ड गर्न, युभी प्रोटेक्सन गर्न र पावर हाल्न पनि मिल्छ ।

Leave A Reply

Your email address will not be published.